You are viewing the translated version of आवधिक प्रतिवेदनको ढाँचा.

Schedule 4
आवधिक प्रतिवेदनको ढाँचा

(नियम १७ संग सम्बन्धित)
आवधिक प्रतिवेदनको ढाँचा

श्री महानिर्देशक,
पर्यटन विभाग ।
महोदय,
पर्यटन ऐन, २०३५ को दफा ४७ को उपदफा (१) अनुसार मिति ……………. देखि
…………………….. सम्मको यस होटेल, पर्यटक आवास, लजको आवधिक प्रतिवेदन पेश गरेको छु ।
तपसील
(१) होटेल, पर्यटक आवास, लजमा बसेका पर्यटक र तिनीहरूले बसेको दिनको संख्या सम्बन्धी
विवरणः–
(क) एक दिनदेखि तीन दिनसम्म बस्ने ……………
(ख) चार दिनदेखि सात दिनसम्म बस्ने …………….
(ग) आठ दिनभन्दा बढी दिन बस्ने ………….
(२) नेपालभित्र र बाहिर गराएको प्रचारको विवरण ः–
(३) अन्तर्राष्ट्रिय सभा सम्मेलन आदिमा भाग लिएको विवरण ः–
(४) विदेशबाट पर्यटन उद्योग विकास गर्नको लागि निम्त्याइएका व्यक्तिहरूको विवरण ः–
(५) के कति स्वदेशी वा विदेशी कर्मचारीहरू छन् (नाम, दर्जा र पाउने पारिश्रमिक सहित) ः–
(६)कारोबार एवं आर्जन गरेको विदेशी मुद्राको विवरण ः–
(७) व्यवसायसंग सम्बन्धित कामको लागि आवश्यक पैठारी इजाजतपत्रको विवरण (मालसामान र
रकम सहित) ः–
(८) उपलब्ध पैठारी इजाजतपत्र मध्ये के कति मालसामान प्राप्त भै सकेको छ के कति प्राप्त हुन बांकी
छ र के कति रद्द गरिएको छ त्यसको विवरण ः–
प्रतिवेदन पेश गर्ने व्यक्तिको
सही ः–
पूरा नाम ः–
दर्जा ः–
मिति ः–